चिसिएको छ, उपत्यका । ललितपुर कुपण्डोलनजिकै एक क्याफेमा छन्, अहिलेका चर्चित गायक प्रमोद खरेल । टेबलमा छ मनतातो पानी, र ब्ल्याक टी । डम्म न्याना कपडा लगाएका छन् ।
पछाडिपट्टि एउटा गीत बजिरहेछ, नाच मेरी रानी रानी, मेरी रानी नाच... । यो अहिले चलेको असाध्यै चर्चित हिन्दी गीत हो, जसलाई गुरु रान्धवाले गाएका हुन् । मनतातो पानी एकैचोटीमा पिएपछि प्रमोदले भने, ‘अहो ! जहाँ पनि यै गीत, कस्तो चलेको ?’नेपालमा हिन्दी गीत, चलचित्र, भेषभुषा र भाषाले कब्जा जमाइरहेछ । नेपाली होटल तथा रेस्टुराँका मेन्युमा भारतीय परिकार धेरै छन् ...