सार्वजनिक भएको १८ दिनमा संगीतकार राजनराज सिवाकोटीले तयार पारेको ‘फुलबुट्टे सारी’ बोलको गीतले १ करोड भ्यूज पार गर्यो ।
यसअघि यति छोटो समयमै १ करोड भ्यूज गायक प्रकाश सपुतको ‘गलबन्दी’ले पाएको थियो । यसको अर्थ, राजनराज र प्रकाशको गीतले एउटै गतीमा करोड भ्यूज पाउन सफल भए । नेपाली गीत–संगीत पछिल्लो केही बर्षयता युट्युबको भ्यूज ट्रेन्डिङको दौडमा छ । गीतको सफलता र असफलताको मापन नैै युट्युवलाई आधार मानेर गर्न थालिएको छ ...