काठमाडौं । राम्रै कमाइ गर्न सफल चलचित्र लप्पन छप्पनको निर्माणपछि यही टोलीले लप्पन छप्पन २ निर्माण गरेको छ। र, हालै यो फिल्मको दोस्रो टिजर सार्वजनिक गरिएको छ। प्रदर्शन मितिसहित दोस्रो टिजर सार्वजनिक गरिएको हो।
फिल्म नयाँ वर्षको छेको पारेर आउँदाे चैत २७ गतेदेखि हलमा लाग्नेछ। फिल्म पुष्प खड्का अभिनित कृष्ण लिलासँग जुध्ने भएको छ।
मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहेको फिल्मको टिजरमा सौगात मल्ललाई प्राथमिकता दिइएको छ। साउथ इन्डियन फिल्मको शैलीमा रहेको टिजरमा सौगातलाई सुपरस्टार बनाइएको छ ...