Follow us: Youtube Android App
किन अलप भए दीपक लिम्बु ?
१८ फागुन २०७७

नेपाल टेलिभिजनबाट प्रसारण भएको पहिलो सांगीतिक रियालिटी शो ‘नेपाली तारा’ एक यस्तो प्लेटर्फम थियो, जहाँ टेकेर कतिपयले फड्को मारे । जस्तो, इन्दिरा जोशी, धमेन्द्र सेवान, रुपक डोटेल, दुर्गा खरेल । यसको अग्रपंक्तिमा थिए, दीपक लिम्बु ।

‘नेपाली तारा’का यी शीर्ष विजेता अहिले भने यो लहरभन्दा पछाडि छन् । अझ भनौं, गुमनाम जस्तै छन् ।

करियरको पूवार्द्धमा उनको चर्चाको ग्राफ यसरी चुलिएको थियो, मानौ यो चमक-दमक दीर्घकालीन हो । रियालिटी शोबाट पाएको नेम र फेमले उनलाई नेपाली सिनेमाको पाश्र्व गायनमा गतिलो ढंगले नै स्थापित गरिदियो । ‘मेरो कल्पनामा आज एउटी परी’, ‘ढल्क्यो ढल्क्यो’, ‘यहाँ देशको छ चिन्ता’, ‘मुटु माग्यौ तिमीले’ जस्ता गीतले स्रोतालाई झट्टै स्पर्श गर्‍यो । स्टुडियोदेखि स्टेजसम्ममा दीपक लिम्बुको माग भयो ...

समाचार स्रोत :