Follow us: Youtube Android App
महिनावारी सम्बन्धी डकुमेन्ट्री अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिवलमा छनोट
५ बैशाख २०७९

महिनावारीसम्बन्धी व्यवहार परिवर्तनबारे निर्माण गरिएको डकुमेन्ट्री फिल्म ‘महिनावारी सम्बन्धी नेपालको अभियान : वर्जित मान्यतासँग सामना’ जर्मनीमा १–३ जुलाई, २०२२ मा हुने १८ औँ अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिबल डेटमोल्डका लागि छनोट भएको छ।

यो डकुमेन्ट्रीको निर्माण जर्मन नागरिक अन्तर्राष्ट्रिय मल्टिमिडिया जर्नलिस्ट डर्क गिल्सनले गरेका हुन् भने निर्देशन फिल्म मेकर तथा डकुमेन्ट्री निर्माता रजिन महर्जनले गरेका हुन्। सन् २०१० मा भिडिओ एडिटर/एनिमेटरका रुपमा आफ्नो करियर सुरु गरेका उनले एक सय भन्दा बढी टेलिभिजन कमर्सियल, डकुमेन्ट्री र पीएसएको निर्देशन गरिसकेका छन्।

यो डकुमेन्ट्रीकी प्रस्तोता चर्चित नायिका तथा फिल्म निर्माता केकी अधिकारी सन् २०२० देखि महिनावारी स्वास्थ्यको सद्भावना दूत हुन् ...

समाचार स्रोत :