काठमाडौं । नेपालकी एक जना चर्चित मोडलको अश्लिल भिडियो देखाएर एउटा गिरोहले ७ करोड रुपैयाँको बार्गेनिङ गरेको खुलेको छ । उनका प्रेमीसँगको अश्लिल भिडियो हात पारेको गिरोहले भिडियो सार्वजनिक गरिदिने भन्दै धम्की दिएर बार्गेनिङ गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनामा संलग्न भएको अभियोगमा उदयपुरका सुजन आचार्य, कालीकोटका टेक विक, बझाङका धर्मराज थापा, काभ्रेपलाञ्चोकका उमेश भण्डारी, गुल्मीकी बसन्ता खनाल, चितवनका सुरज शर्मा र काठमाडौं सिनामंगलका श्रवण कार्कीलाई पक्राउ गरेको छ ।
अनुसन्धानमा संलग्न अधिकृतका अनुसार ती मोडलको ल्यापटप बनाउनका लागि सिनामंगलस्थित सुरज र श्रवणको कम्प्यूटर मर्मत पसलमा पुगेको थियो । ‘ल्यापटप बनाउने वेला उनीहरुले त्यो अश्लिल भिडियो देखेका रहेछन्, त्यसमा चर्चित व्यक्ति देखेपछि उनीहरुले कपी गरेर राखेछन्’ कार्यालयका एक अधिकृत भन्छन्, ‘पछि बार्गेनिङ गर्नलाई अन्य विभिन्न व्यक्तिसँग पनि मिलेमतो गरेको देखिएको छ ...