Follow us: Youtube Android App
ठ्याक्कै एक वर्षपछि आज जेलबाट छुट्दै पल शाह
१५ फागुन २०७९

अभिनेता पूर्णविक्रम शाह (पल) आज रिहा हुँदैछन्। उच्च अदालत पोखराले बालयौन दुरूपयोग मुद्दामा जेलमा रहेका शाहलाई आइतबार सफाई दिएपछि आज उनी जेल मुक्त हुन लागेका हुन्। शाहमाथि सुटिङका क्रममा आफूमाथि बलात्कार गरेको भन्दै एक १७ वर्षीया नाबालिकले २०७८ फागुन ११ गते तनहुँ प्रहरीमा जाहेरी दिएकी थिइन्। शाहले फागुन १५ गते आत्मसमर्पण गरेका थिए। ति बालिकाले नवलपुर प्रहरीमा जाहेरी दिएकी थिइन्।

सुरुमा बलात्कार भनी जाहेरी दिए पनि पछि बकपत्र गर्दा भने ती नाबालिगले बयान फेरेर बलात्कार नभएको बताएकी थिइन्। सोही मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा र नवलपुर प्रहरीले नवलपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। तीमध्ये तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिँदा नवलपुरले भने कैद र जरिवाना र क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।

 तर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो ...

समाचार स्रोत :