Follow us: Youtube Android App
Somersby Nepal
नअघाइने अन्नपूर्ण बेस क्याम्प
५ मंसिर २०७४


यात्रा जीवनको सबैभन्दा मीठो अनुभव हो । मौका पाउनेबित्तिकै म यो अनुभव लिन हौसिहाल्छु । प्रायः यात्रा गर्दा म योजना बनाएरै हिँड्न रुचाउँछु तर यस पटक अचानक नै अन्नपूर्ण बेस क्याम्प जाने मौका जुर्यो ।

यस यात्रामा मलाई एलिना केसीले साथ दिइन्, जो मेरो गाइड थिइन् । गत कात्तिक ११ गते बिहान ७ बजे मेरो यात्रा सुरु भयो । हिले, उल्लेरी हुँदै वनठाँटी हुँदै फोर सिजन होटलमा बास बस्न जाँदा झण्डै सात घण्टा लगातार यात्रा गरेछौँ । यति लामो पैदल यात्रा मैले जीवनमा कहिल्यै गरेकी थिइनँ तर पनि गलेको अनुभूति भएन ।

भोलिपल्टै हामी घोडेपानीका लागि हिँड्दै थियौँ । घोडेपानीमा स्नो भ्यु लजमा पुग्दा म अचम्मित भएँ किनभने त्यहाँ संसारका प्रायः सबै मुलुकबाट पदयात्राका लागि आएका एउटा ठूलो हुल त्यहाँको वातावरणबाट मुग्ध हुँदै एकअर्कालाई .........

Source