Follow us: Youtube Android App
Somersby Nepal
चिम्पाञ्जीसहितका दुर्लभ पशुपंक्षी तस्करीका लागि नेपाली मार्गको प्रयोग
७ मंसिर २०७४


काठमाडौं । वन्यजन्तुको चोरी तथा तस्करीमा संलग्न गिरोहले चिम्पाञ्जीलगायत दुर्लभ पशुपंक्षीको ओसारपसारका लागि नेपाललाई ‘ट्रान्जिट पोइन्ट’ बनाइने गरेको खुलेको छ ।

भन्सार एजेन्ट र क्वारेन्टाइनका कर्मचारीसँगको सेटिङमा नेपाली मार्गको प्रयोग गरी दुर्लभ पशुपंक्षी तथा वन्यजन्तु भारत, चीन, बंगलादेशलगायत मुलुक पुर्‍याइने गरेको खुलेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तस्करीमा संलग्न गिरोहलाई काठमाडौंबाट पक्राउ गरेर अनुसन्धान थालेसँगै यो विषय सार्वजनिक भएको हो ।

तस्करहरुले नाइजेरियाबाट हवाई मार्गमार्फत् टर्कीको इस्तानबुल हुँदै नेपालसम्म ल्याउने गर्छन् । यहाँबाट सडक मार्गमार्फत् भारत, चीन, बंगलादेश पुर्‍याउने गरेको अनुसन्धानले देखाएको छ...

Source