Follow us: Youtube Android App
Somersby Nepal
गोसाईकुण्डको निम्तो
९ मंसिर २०७४


घुम्न जाने ठाउँको सूचीमा गोसाईकुण्ड थिएन।

सुरज दाइको फोनले मलाई ततायो। भन्नुभयो ‘यसपालि १३ गते जनैपूर्णिमा परेछ। हामी रसुवा जाने योजना बनाउँदैछौं। तिमी जाने हो?’

श्रावण ५ गतेको कुरा थियो त्यो।

घुम्ने कुराले मलाई नछुने कुरै थिएन। अचानक बनेको योजना भएकाले मैले एकपल्ट सल्लाह गर्छु भनेँ।

सल्लाह भयो। मैले गाईघाटबाट आफ्नो टोली लिएर जाने भएँ, सुरज दाइको आफ्नो टोली। काठमाडौँमै भेटेर सँगै जाने निर्णय भयो।

विराटनगरबाट सूर्य दाइ, गाईघाटकै प्रविन सर र सिन्धुलीबाट शिव सरसँगै संजीव र हेमविक्रम सर। ६ जनाको टोली तयार भयो।

अन्तिम समयमा सुरज दाइको टोली भने नजाने भएछ। अफिसको डोरीले टुँईक्क कसेछ। यति तयारी भइसकेपछि हामी भने रोकिनेवाला थिएनौँ। उहाँकै कोठालाई सेल्टर बनायौँ, झोला मिलायौँ, हिँड्ने अन्तिम तयारी गर्‍यौँ...

Source