Follow us: Youtube Android App
Somersby Nepal
भोट हाल्न गाउँ फर्केका उपल्लो मुस्ताङका बासिन्दा चिसो छल्न बेसी झर्दै
१३ मंसिर २०७४


म्याग्दी l हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्रका स्थानीय बासिन्दा आफ्ना उम्मेदवारलाई भोट हालेपछि चिसो छल्न बेसीतर्फ झर्न थालेका छन् । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा भोट दिएका उनीहरु उपल्लो मुस्ताङमा दैनिकजसो चिसो बढ्दै जान थालेपछि बेसी झर्न थालेका हुन् ।

क्रमशः चिसो बढेपछि स्थानीय बासिन्दा बेसी झर्ने क्रम सुरु भएको सीमा प्रहरीचौकी लोमान्थाङले जनाएको छ । गएको असोज महिनाको अन्तिम हप्तादेखि बढेको चिसोका कारण उपल्लो मुस्ताङका बासिन्दा जाडो छल्न बेसी झरे पनि चुनावमा आफ्ना उम्मेदवारलाई भोट दिन फेरि गाउँ फर्किएका थिए । चुनावमा भोट दिन गाउँ फर्किएको भएपनि जाडो रहेकाले फेरि बेसी झर्न लागेको लोमान्थाङका पासाङ गुरुङले बताउनुभयो...

Source