Follow us: Youtube Android App
Somersby Nepal
यस्ता छन् तेह्रथुममा पर्यटन र पूर्वाधार विकासका साझा एजेण्डा
१५ मंसिर २०७४


तेह्रथुम । तेह्रथुम जिल्ला शैक्षिक र राजनीतिक दुवै हिसाबले चर्चित छ । यहाँ जन्मिएर बाल्यकाल बिताएका अहिले राज्यको मूलधारको राजनीति होस् वा अन्य कुनै पनि क्षेत्रमा सक्रिय सहभागी हुन् । तर जिल्लाका आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा भने उनीहरुले खासै महत्व राखेको पाइँदैन ।

यसअघि यहाँ जन्मिएर राष्ट्रकै नेतृत्व गर्ने हुन् वा जिल्लाबाट चुनिएका, कसैले पनि जिल्लाको विकास निर्माण र समृद्धिका लागि जुन गतिमा आगाडि बढ्नुपर्ने थियो, त्यो गति नहुँदाको पीडा जिल्लावासीले भोगिरहेका छन् । संघीय लोकतान्त्रिक संविधान जारी भएपछि मुलुक अहिले संघीय प्रतिनिधिसभा र प्रदेशसभाका लागि चुनावमा होमिएका उम्मेदवार र दलका नेता मतदाताको घरदैलो पुग्दैछन् । ती उम्मेदवारले जिल्लाको समृद्धिकालागि पर्यटन, व्यावसायिक कृषि र पूर्वाधार विकासलाई मुख्य एजेण्डाका रुपमा उठाएका छन् ।

जिल्ला लक्षित घोषणापत्र वा प्रतिबद्धतापत्र अहिलेसम्म कुनै पनि दलले बाँडेका छैनन् । यद्यपि, भाषणमा उठ्ने जिल्ला लक्षित एजेण्डामा पर्यटन र पूर्वाधार विकासका मुुद्दाले पहिलो प्राथमिकता पाएका हुन् । जिल्लामा मुख्य गरी लोकतान्त्रिक र वाम गठबन्धनको बीचमा उच्च प्रतिस्पर्धा छ । मुख्य प्रतिस्पर्धी उम्मेदवारले उठाएका एजेण्डा नै उस्तैउस्तै लाग्छन् । तर पर्यटन प्रवद्र्धन, सडक, खानेपानी, सिँचाइ, शिक्षा र औद्योगिक क्षेत्रमा पूर्वाधार विकास तथा व्यावसायिक जैविकखेती पद्धतिको विस्तारजस्ता मुद्दा सबै उम्मेदवारको प्राथमिकतामा परेका छन् ...

Source