Follow us: Youtube Android App
Somersby Nepal
नयाँ जहाज थप्न रोक लगाउने तयारी
१५ मंसिर २०७४


हवाई क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फ २ वर्षको लागि नयाँ जहाज र एयरलाइन्सको अनुमतिमा रोक लगाउने तयारी गरेको छ । नयाँ जहाजका लागि भएको ‘पार्किङ वे’ले नधान्ने भएपछि आन्तरिकतर्फका सबै एयरलाइन्सलाई नयाँ जहाज ल्याउन कम्तीमा दुई वर्षसम्म रोक लगाउने तयारी भएको हो । 

देशभरका विमास्थलको जहाज पार्किङ क्षमता ४६ मात्रै रहेको र हाल आन्तरिक उडान भर्ने एयरलाइन्स कम्पनीसँग पनि ४६ वटै जहाज पुगेपछि नयाँ जहाज थप्न रोक्ने तयारी गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको र काठमाडौंबाहिर रहेका विमानस्थलको पार्किङ वे विस्तार नभएकोले नयाँ जहाज थप गर्न र नयाँ एयरलाइन्स थप्न रोक लगाउने तयारी प्राधिकरणले गरेको हो ।

प्राधिकरणले ६ महिना अगाडि प्रेमनाथ ठाकुरको संयोजकत्वमा अध्ययन गर्न ३ सदस्यीय प्राविधिक समिति गठन गरेको थियो । समितिले नेपालभरका विमानस्थले ४६ वटा विमान मात्र पार्किङ गर्नसक्ने क्षमता भएकोले क्षमता विस्तार नभएसम्म नयाँ जहाज थप गर्न नहुने निष्कर्षसहितको प्रतिवेदन गत साता प्राधिकरण नेतृत्वलाई.......

Source