Follow us: Youtube Android App
Somersby Nepal
थप दुई आन्तरिक विमानस्थलमा रात्रिकालीन उडान
१६ मंसिर २०७४


चालू आर्थिक वर्ष ०७४/७५ भित्र नेपालका थप दुई आन्तरिक विमानस्थलमा रात्रिकालीन उडान–अवतरण सुविधा थपिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चालू आवभित्र पश्चिम नेपालको धनगढी र पूर्वी नेपालको चन्द्रगढी विमानस्थल रात्रिकालीन उडान–अवतरणयोग्य बन्नेछन् । धनगढी विमानस्थल कैलाली जिल्लामा अवस्थित छ भने चन्द्रगढी झापामा छ । प्राधिकरणले चालू आवको बजेट तथा कार्यक्रममा यी दुई विमानस्थलमा आवश्यक प्राविधिक पूर्वाधारसहित स्तरोन्नति गरी रात्रिकालीन उडान–अवतरणयोग्य बनाउने योजना समेटेको छ ।

तराईका ठूला विमानस्थलमा रात्रिकालीन सेवा

यी दुई विमानस्थलमा रात्रिकालीन उडान–अवतरण सेवा थप भएपछि तराई क्षेत्रका ठूला विमानस्थलमा रात्रिकालीन सेवा विस्तार हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायका अनुसार अहिले त्रिभुवन विमानस्थलसहित नेपालगन्ज, भैरहवा, सिमरा र विराटनगर गरी ५ विमानस्थलमा मात्र रात्रिकालीन उडान–अवतरणको सुविधा छ । सिमराबाहेक यी सबै विमानस्थल एटिआर७२ मोडलसम्मका ठूला जहाज उडान–अवतरण गर्न सक्ने क्षमताका हुन्...

Source