Follow us: Youtube Android App
Somersby Nepal
किन बढ्दैछ कृषि वस्तुको आयात ?
१८ मंसिर २०७४


पछिल्लो समय नेपालमा कृषि वस्तुको आयात बढिरहेको छ । राष्ट्र बैंकका अनुसार पछिल्ला तीन महिनामा नेपालमा ३ अर्बको तरकारी र ५ अर्बको चामल आयात भएको छ । खाद्यवस्तु, तरकारी, फलफूललगायत कृषिवस्तुको आयात उच्चदरमा बढ्दा नेपालको व्यापार घाटा झनै चुलिँदै गएको छ । आखिर किन बढिरहेको छ, कृषि वस्तुको आयात ? नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रका प्रमुख कार्यकारी अधिकृत प्रदीप महर्जनले कृषि वस्तुको आयात बढ्नुको कारण यसरी औँल्याए :

प्राथमिकताअनुसार काम भएन

पछिल्लो समय नेपालमा कृषि वस्तुको आयात अत्यधिक बढिरहेको छ । यसको सीधा कारण भनेको नेपालमा उत्पादन नहुनु, तर खपत बढ्नु हो । आयात किन बढ्यो भनेर विश्लेषण गर्दा उत्पादन किन बढेन भनेर पनि हेर्नुपर्ने हुन्छ । कृषि वस्तुको आयात वृद्धिदर उच्च हुनु भनेको उत्पादन र उत्पादकत्वमा वृद्धि नभएर हो । नेपालले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

तर, प्राथमिकतामा राखेअनुसार काम नहुँदा उपलब्धि हात लागेन । मुलुकमा आवधिक विकास योजना सुरु भएको २०१३ देखि नै कृषिले प्राथमिकता पाएको देखिन्छ । तर, अहिले २०७४ सम्म आइपुग्दा पनि यस ..........

Source