Follow us: Youtube Android App
Somersby Nepal
वतनिया एयरको नेपाल-कुवेत सीधा उडान अाजबाट, नेपाली कामदार लाभान्वित हुने
२० मंसिर २०७४


काठमाडौं । नेपाल र कुवेतबीच  अाज बुधबारबाट पहिलोपटक  सीधा हवाई उडान सुरु हुने भएको छ । कुवेतको वतनिया एयरवेजले कुवेत सिटीबाट काठमाडौं र काठमाडौंबाट कुवेतसिटीसम्म दोहोरो सीधा हवाई सेवा थाल्न लागेको हो । कुवेत नेपाली कामदारको प्रमुख गन्तब्यमध्ये एक हो । अहिलेसम्म नेपाली कामदारलाई साउदी अरब भएर कुवेत पुग्नुपर्ने बाध्यता छ ।


वतननियाले न्यारोबडी एयरबसमार्फत सेवा थाल्न लागेको हो । नेपाल नागरिक उड्डय प्राधिकरणले रातको ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएर पौने १२ बजे कुवत फर्किने गरी सेवा सञ्चालनको अनुमति दिएको हो ।

नेपाल र कुवेतबीच सन् २००६मा हवाई सम्झौता भएको थियो । कुवेतसँग सीधा हवाई समबन्ध स्थापना भएपछि युरोप र अफ्रिका जानेहरुलाई पनि सहज ........

Source