Follow us: Youtube Android App
Somersby Nepal
लाहुरे मोह त्यागेर बाख्रा चराउँदै पर्वतका दुई युवा
६ पुष २०७४


पर्वत l प्रायगरी मगर समुदायका युवा लाहुरे हुने सपना बोक्छन् । कतिपय लाहुरे हुनका लागि बेलायती सेना, भारतीय सेना र नसके नेपाली सेनामा नै भएपनि भर्ना हुने कुरालाई आफ्नो सबैभन्दा ठूलो सपना ठान्छन् ।

भर्ती नहुने युवा युरोप, हङकङलाई दोस्रो गन्तव्य बनाउँछन् भने नसके खाडी र मलेसियामा प्रशस्त पैसा कमाइ हुने आशामा विदेशिएको पनि देखिन्छ ।

 

तर उत्तरी पर्वतको जलजला गाउँपालिका–५ शालिजा गाउँका दुई युवाले सवै कुरा त्यागेर गाउँमै ठूलो लगानीमा बाख्रापालन व्यवसायमा लागेका छन् । रु १५ लाख लगानी गरेर साविक शालिजा गाविस–२ का बलबहादुर पुन र जितमन पुनले गाउँमै बाख्रापालन व्यवसाय शुरु गरेका हुन्...

Source