Follow us: Youtube Android App
Somersby Nepal
नेपालको प्रचार गर्न दमकल हाँकेर आउँदैछन्, हलिउड र बलिउड सेलिब्रेटी
६ पुष २०७४


२ वर्षअघि नेपालमा आएको भूकम्पका कारण नेपालबारे अन्तर्राष्ट्रिय पर्यटन बजारमा परेको नकारात्मक सन्देश हटाउन हलिउड र बलिउडका कलाकारहरू नेपाल आउने भएका छन्।

नेपालको पर्यटन उद्योगमा परेको नकारात्मक अन्तर्राष्ट्रिय प्रभावलाई हटाउन हलिउड, बलिउड साथै विश्वप्रसिद्ध कलाकाहरू लेपाल ल्याउने तयारी भएको हो।

 

‘फायरट्रक एक्सपिडिसन नेपाल’ नाम दिइएको यस अभियालाई बुधबार पर्यटन बोर्डले आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी गराए।

 

सगरमाथाको ढुंगालाई घडीमा प्रयोग गर्ने भनेर चिनिएका अमेरिकी आरोही तथा पर्यटन बोर्डका ब्रान्ड एम्बेस्डर माइकल कोबोल्डले यो अभियानलाई सार्थक रूप दिन लागेका हुन्। साथै कार्यक्रममा उनले यसबारे लेखेको पुस्तक ‘फायरट्रक एक्सपिडिसन नेपाल’ समेत सार्वजनिक गरेका छन्...

Source