Follow us: Youtube Android App
Somersby Nepal
४ दशक लामो ट्विनअटर युग अन्त्य गर्दै नेपाल वायु सेवा निगम
१० पुष २०७४


काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले चार दशकभन्दा लामो अवधिदेखि निरन्तर उडिरहेका ‘ट्विनअटर’ जहाज पूर्ण रुपमा विस्थापन गर्ने भएको छ ।

निगमले २०२८ साल (सन् २०७१) मा पहिलो पटक ट्विनअटर जहाज सञ्चालनमा ल्याएको थियो । त्यसयता निरन्तर उडिरहेका जहाज विस्थापन गर्न लागेको हो ।

 

हाल निगमसँग तीन थान ट्विनअटर जहाज छन् । तर, एउटाले मात्र उडान गरिरहेको छ भने दुईवटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ छन् । मर्मतपछि ती दुईटा पनि उड्न सक्छन् ।

 

निगमले ट्विनअटर पूर्णरुपमा विस्थापन गर्नुअघि तिनको सट्टा अत्याधुनिक प्रविधिजडित चार थान ‘भाइकिङ’ जहाज ल्याउने तयारी गरेको छ । नागरिक दैनिकबाट