Follow us: Youtube Android App
Somersby Nepal
दुई महिना किन श्रीमतीसँग सुत्दैनन् भारतीय किसान ?
१३ पुष २०७४


के गृहस्थ र ब्रह्मचार्य जीवनको कुनै मिलनबिन्दु हुन्छ ? यो प्रश्नको सजिलो जवाफ छैन । तर, भारतको झारखण्डबाट पूर्वी सिंहभूमि जिल्लास्थित गुडाबान्दा प्रखण्डका सयौं किसानहरुले दुवै प्रकारको जीवनबीच तालमेल मिलाएर बाँचिरहेका छन् ।

नक्सल प्रभावित क्षेत्रको रेशम किरा पालन गर्ने विवाहित किसानहरु वर्षमा दुई महिना जति ब्रह्मचार्य जस्तो जीवन बाँच्ने गर्छन् ।

 

यस दौरान उनीहरु रुखमा पालिएका रेशमका किराहरुलाई कमिला, रेशमका किरा खाने अन्य किरा र पंक्षीहरुबाट बचाउँछन् ।

 

गुडाबान्दा प्रखण्डको अर्जुनबेडा गाउँका करिब ५० वर्षका सुरेश महतोको मौसमी ब्रम्हचार्यको दिन अब सकिन लागेको छ ।

 

उनी भन्छन्, ‘रेशमको खेतिको बेला हामी आफ्ना श्रीमतीसँग सुत्दैनौं । उनीहरुले हामीलाई छुँदा पनि छुँदैनन् । हामी अलगअलग बस्छौं । हामी श्रीमतीको हातले बनाएको खाना पनि खाँदैनौं ।’

 

यसको कारण खुलाउँदै सुरेश भन्छन्, ‘हमी जे खेति गर्छौं, त्यसमा यदि श्रीमतीसँग गयौं भने खेतीमा रोग लाग्छ ...

Source