Follow us: Youtube Android App
Somersby Nepal
रानीपोखरी जोगाउने जाँगरिलाहरू
१३ पुष २०७४


रानीपोखरी हरियो पालले बारिएको थियो।

शैलेश शाक्यले पालको प्वालबाट चियाए।

 

पोखरीभित्रको मल्लकालीन बालगोपालेश्वर मन्दिरमा सिमेन्टको पिलर ठड्याइँदै थियो।

 

पोखरीको पानी सुकाएर छिपेछिपे हिलो मात्र बाँकी थियो। ठाउँ–ठाउँमा पिँधसम्म सुख्खै। त्यही पिँधको कालो माटोधरि खोस्रन तम्तयार डोजर देखेर शैलेशले आफूलाई थाम्नै सकेनन्।

 

महानगरपालिका गए, तत्कालीन प्रमुख कार्यकारी रुद्रसिंह तामाङलाई भेटे।

 

‘उहाँले न विस्तृत डिजाइन देखाउनुभयो, न त यसरी बन्दैछ भनेर चित्त बुझाइदिनुभयो,’ रानीपोखरी पुनर्निर्माण क्रममा डेढ वर्षअघिको घटना सम्झँदै शैलेशले भने, ‘मलाई त्यही बेला शंका लाग्यो, रानीपोखरी ठेक्कामा दिएर भताभुंग पार्ने काम त हुँदै छैन...

Source