Follow us: Youtube Android App
Somersby Nepal
'बाँझो जग्गा उपयोग गरे कृषि वस्तुको आयात एक तिहाइले घट्छ'
१४ पुष २०७४


देशभर बाँझै रहेको जग्गाको वैज्ञानिक ढङ्गले उपयोग गर्नसके हाल भइरहेको कृषि वस्तुको आयात करिब एक तिहाइले कम गर्न सकिने अधिकारीहरुले बताएका छन्।

देशभर अहिले ३० लाख ९१ हजार हेक्टरमा खेती भए पनि १० लाख ३० हजार हेक्टर जग्गा भने बाँझै रहेको छ।

 

जसमध्ये करिब ८ लाख हेक्टर जग्गा खेतीयोग्य रहेको कृषि मन्त्रालयले जनाएको छ।

 

हाल नेपालले बर्सेनि करिब ४० अर्ब रुपैयाँ बराबरको खाद्यवस्तु आयात गर्ने गरेको छ।


आंकडा

करिब ६५ प्रतिशत मानिस कृषिमा निर्भर रहेको देशमा झण्डै ३३ प्रतिशत बाँझो जमिन रहेको सरकारी आंकडा छ।

 

यसरी कृषि उपयोगमा नआएको जग्गा प्रयोगमा ल्याउन सके खाद्य वस्तुको आयात गर्नुपर्ने भार धेरै कम हुने किसान आयोगका सदस्य सचिव तेजबहादुर सुवेदी बताउँछन्...

Source