Follow us: Youtube Android App
Somersby Nepal
एक जना ब्यक्तिको फर्ममा २४ वटा गाई, १ सय २५ लिटर दूध उत्पादन
१५ पुष २०७४


कपिलबस्तु । कपिलवस्तुका एक युवा गाईपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।

वाणगंगा नगरपालिका–८ मधुवनका किसान खुमानन्द पौडेलले पशुपालन व्यवसायबाट मासिक एक लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

 

२०७० सालदेखि आफ्नै जग्गामा व्यवसायीक पशुपालन सुरु गरेका पौडेलको फर्ममा होलस्टिक र जर्सी जातका २४ वटा गाई छन् ।

 

दैनिक १ सयदेखि १ सय २५ लिटर दूध बिक्री गर्दै आएपछि व्यवहार सञ्चालन गर्न सहज भएको पौडेल बताउँछन् ।

Source