Follow us: Youtube Android App
Somersby Nepal
आहा ! सफा भएछ पशुपतिनाथ क्षेत्र
१५ पुष २०७४


‘आहा, सफा भएछ पशुपतिनाथ क्षेत्र त’- शनिबार पशुपतिनाथ दर्शनका लागि पुगेका काठमाडौं हाँडीगाउँका रामचन्द्र अर्यालले भने ।

ब्रम्हनालपट्टिबाट मन्दिर उक्लिएका उनले मन्दिरका तामाका पाला परबाटै टल्किएको देखेपछि यस्तो प्रतिक्रिया दिए। करिब ४० वर्षदेखि प्रायः दैनिक पशुपतिनाथ दर्शनमा जाने ७३ वर्षीय अर्याल शनिबार भने दुई महिनापछि पुगेका थिए ।

 

शनिबार बिहानै पशुपति दर्शनमा गएका बबरमहलका महेश अधिकारी भन्दै थिए– ‘मैले त जुत्ता चप्पल खोल्ने ठाउँदेखि नै सफा भएको महशुस गरेको हो, यी हेर्नुस् त मन्दिर उक्लिने सिँडीहरु टल्किएका छन्, भुइँमा कतै पनि धुलो या फोहरका पातपतिंगर देखिँदैन, माथि मूल मन्दिर परिसरको त झन कुरै भएन, चारैतर्फका मूर्ति र बसाहा झलझली बलेका र उज्याला छन्– कतै बोल्लान झैँगरी ...

Source