Follow us: Youtube Android App
Somersby Nepal
आखिर भत्कने नै भयो दरबार हाइस्कुल
१६ पुष २०७४


देशकै जेठो विद्यालय दरबार हाइस्कुल भत्काइने भएको छ। पुरातत्व विभागले केही दिनअघि सो विद्यालय पुरानै डिजाइनमा पुनर्निर्माण गर्न स्वीकृति दिएपछि विद्यालय भवन भत्काउने बाटो खुलेको हो।

विभागका महानिर्देशक भेषनारायण दाहालले विद्यालय भत्काएर पुनर्निर्माण गर्न स्वीकृति दिइएको सेतोपाटीलाई जानकारी दिए।

 

‘पुरातात्विक महत्व बोकेको दरबार हाइस्कुललाई पहिलाकै साइज, डिजाइन र उचाइमा तलमाथि नगरी पुनर्निर्माण गर्न स्वीकृति दिएका छौं,’ दाहालले भने।

 

यसअघि शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले विद्यालय भत्काएर पुनर्निर्माण गर्ने प्रस्ताव काठमाडौं महानगरमा पठाएको थियो। मन्त्रालयको प्रस्तावअनुसार महानगरले दरबार हाइस्कुल भत्काउने र नयाँ बनाउने निर्णय गरेको थियो। महानगरले विद्यालयको नयाँ डिजाइन बनाएर पुरातत्व विभागलाई पठाएको थियो...

Source