Follow us: Youtube Android App
Somersby Nepal
पर्वतारोहणका लागि नेपाल प्रमुख गन्तव्य, आरोहीको पहिलो रोजाइ सगरमाथा
१८ पुष २०७४


काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकले पर्वतारोहणका लागि मुख्य गन्तव्य बनाएको नेपालमा पछिल्ला ३ वर्षमा ९ सय ४७ टोलीले हिमाल आरोहणको स्वीकृति लिए । सन् २०१७ मा मात्रै २ सय ९१ टोलीले पर्वतारेहणको स्वीकृति लिएका थिए । त्यसमध्ये शरद ऋतुमा सबैभन्दा धेरै १ सय ६६ र शिशिर ऋतुमा सबैभन्दा कम ७ टोली रहेका छन् । त्यसबाहेक वसन्त ऋतुमा १ सय १० र गृष्म ऋतुमा ८ टोलीले पर्वतारोहणको स्वीकृति लिए । 

पर्यटन विभागको तथ्यांकअनुसार सन् २०१६ मा २०१७ को भन्दा १२ कम टोलीले पर्वतारोेहका लागि स्वीकृति लिएका थिए । २०१६ मा वसन्त ऋतुमा ९८, गृष्म ऋतुमा १३, शरद ऋतुमा १६३ र शिशिरमा ५ वटा गरी २७९ टोलीले आरोहण स्वीकृति लिएका थिए । 

 

२०१५ मा भने वसन्तमा १०३, गृष्ममा १, शरदमा २६२ र शिशिरमा ११ वटा गरी ३७७ टोलीले स्वीकृति लिएका थिए । 

 

यी हुन् धेरै चढिएका हिमाल 

२०१७ को तथ्यांकलाई हेर्दा यो वर्ष धेरै पर्वतारोहीले रुचाएको हिमालमा पहिलो नम्बरमा सगरमाथा नै परेको छ । सगरमाथामा वसन्त ऋतुमा मात्रै ४२ टोलीले  आरोहण गरेका छन् । सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले चढेदेखि २०१६ को अन्त्यसम्ममा सगरमाथा आरोहीको संख्या ४ हजार ८ सय ७९ पुगिसकेको ...

Source