Follow us: Youtube Android App
Somersby Nepal
अदुवा र तेजपत्ताको उचित मूल्य नपाउँदा उदयपुरका कृषक मर्कामा
२० पुष २०७४


उदयपुर : अदुवा र तेजपत्ताको व्यावसायिक खेती गर्दै आएका उदयपुरका कृषक उचित मूल्य नपाउँदा मर्कामा परेका छन्।

उत्पादनको लागतभन्दा घटी मूल्य लिएर बेच्नुपरेपछि कृषक मर्कामा परेका हुन्। गएको वर्षभन्दा पनि यस वर्ष घटी मूल्यमा बेच्नुपरेको कृषकले दुखेसो गरेका छन्।

 

कटारी नगरपालिका– १३ का मानबहादुर श्रेष्ठले भने, ‘उत्पादन गर्न लागेको खर्चभन्दा कम मूल्यमा बेच्नुपरेको छ।’ उनले अदुवा र तेजपत्ताको मूल्य तीन वर्षयताकै कम भएको बताए।

 

कृषि विकास कार्यालय उदयपुरका अनुसार उदयपुरको पहाडी क्षेत्रमा दुई हेक्टरभन्दा बढी जग्गामा अदुवा खेती हुँदै आएको छ।
 यसैगरी तेजपत्ता अर्थात् सिन्कौली पनि चार सय हेक्टरभन्दा बढी क्षेत्रमा खेती हुन थालेको छ।