Follow us: Youtube Android App
Somersby Nepal
लुम्बिनी आउने पर्यटकको संख्या बढ्यो
२६ पुष २०७४


भैरहवा । अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनीमा आाउने पर्यटकको संख्यामा बृद्धि भएको छ ।

विश्वमाझ बुद्ध जन्मस्थल लुम्बिनीको महत्व बढिरहेको बेला सन् २०१६ को तुलनामा सन् २०१७ मा बाह्य पर्यटकको आगमनमा आंशिक बृद्धि भएको हो । लुम्बिनी विकास कोषको सूचना शाखाले सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार सन् २०१६ मा कुल एक लाख ३६ हजार दुई सय ५३ जना विदेशी पर्यटक लुम्बिनी भित्रिएकोमा सन् २०१७ मा एक लाख ४५ हजार सात सय ९७ जना विदेशी पर्यटक आएका थिए ।

 

गत बर्षको तुलनामा यस बर्ष करिब सात प्रतिशतले पर्यटक आवागमनमा बृद्धि भएको सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए...

Source