Follow us: Youtube Android App
Somersby Nepal
लेकसाइडमा अब शुक्रबार र शनिबार साँझ गाडी गुडाउन नपाइने
१ चैत्र २०७४


पोखरा । पोखराको लेकसाइड क्षेत्र अर्को हप्ताबाट सवारी निशेधित क्षेत्र (नो भेहिकल जोन) बन्ने भएको छ । वडा प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्र लेकसाइडको पहलमा विहीबार भएको सर्वदलीय/सर्वपक्षीय भेलाले लेकसाइडको हल्लनचोकदेखि बाराही चोकसम्मको क्षेत्रलाई नो भेहिकल जोन बनाउने निर्णय गरेको हो । शुक्रबार र शनिबार अपराहृन ५ बजेदेखि राति ११ बजेसम्म ‘नो भेहिकल जोन’ बनाउने निर्णय गरेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी नविन कार्कीले जानकारी दिए ।

५ वर्ष पहिले पनि लेकसाइडलाई नो भेहिकल जोन बनाइएको थियो । त्यतिबेला बुलौंदी उकालोदेखि हल्लनचोक, बराहीचोक, आम्बोट हुँदै बैदाम प्रहरी कार्यालय नजिकको ओरालोसम्मको क्षेत्राई नो भेहिकल जोन बनाइएको थियो । तर, उक्त निर्णय ६ महिना पनि टिकेन ।

 

अहिले भने हल्लनचोकदेखि बाराहीचोकसम्मको करीब एक किलोमिटर क्षेत्रमा नो भेहिकल जोन बनाउने निर्णय भएको छ । निर्णय कार्यान्वयन गरेरै छाड्ने सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष भीम पराजुलीले बताए ।

 

पर्यटन प्रवर्द्धनसहित लेकसाइड आएका पर्यटकलाई शान्तसँग बस्नसक्ने वातावरण निर्माणका लागि नो भेहिकल जोन बनाउनुपर्ने उनीहरुको भनाइ छ ।

 

नो भेहिकल जोन बनाउने अभियान फेरी असफल नहोस् भनेर पार्किङ ब्यबस्थापन चुस्त बनाउने प्रयास भइरहेको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हरिकृष्ण पहारीले जानकारी दिए ...

Source