Follow us: Youtube Android App
Somersby Nepal
विश्वका उत्कृष्ट सय टूर गाइडभित्र १२ नेपाली, पाए अन्तर्राष्ट्रिय अवार्ड
७ चैत्र २०७४


काठमाडौं l १२ जना नेपाली पर्यटक पथ प्रदर्शक (टूर गाइड)ले ग्लोबल टूर गाइड अवार्ड पाएका छन् ।

विभिन्न देशबाट नेपाल घुम्न आउने पर्यटकहरूले नेपालमा रहँदा गाइडसँगको समीक्षात्मक अनुभूतिका आधार टूरएचक्यू नामक एक सञ्जालले गरेको उक्त मुल्याङ्कनमा १२ जना नेपाली टूर गाइड अटाउन सफल भएका हुन् ।

 

पर्यटकहरूले विभिन्न देशमा जाँदा आफूले घुमेको गन्तव्य तथा गाइडहरूको व्यवहार, क्षमता तथा जानकारीलाई आधार मानेर लेखिएका प्रतिक्रियाको आधारमा टूरएचक्यूले संसारभरबाट छानेका १ सय जना टूर गाइडहरूलाई अवार्ड प्रदान गरेको हो । नेपालबाट अवार्ड पाएका १२ जना मध्ये पोखराका हेमराज बास्तोला पहिलो नम्बरमा परेका छन् । उनी सूचीमा १३औं नम्बरमा छन्...