Follow us: Youtube Android App
Somersby Nepal
बुद्धले धनगढीबाट शुरु गर्‍यो रात्रिकालीन उडान
११ चैत्र २०७४


कैलाली । बुद्ध एयरले धनगढी विमानस्थलबाट रात्रिकालीन उडान शुरु गरेको छ ।बुद्धले आफ्नै स्याटेलाइट प्रविधिमार्फत शनिबारबाट रात्रिकालीन उडान सुरु गरेको हो ।

विगत ७-८ महिनादेखि परीक्षण उडान गर्दै आएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृति दिएपछि रात्रिकालीन उडान सुरु गरिएको बुद्ध एयर, धनगढीका प्रमुख बुधराम माझीले जानकारी दिए ।

 

‘एयर ट्राफिक जामका कारण कहिलेकाँही उडान ढिलाई हुँदा राति उडान गर्नुपर्ने अवस्थामा धेरै पटक क्यान्सिल गर्नु परेको थियो,’ माझीले भने, ‘अब त्यस्तो कारणले बुद्ध एयरको उडान प्रभावित हुँदैन । बेलुका उड्न नपाएको जहाज अब राति उड्छ ।’

Source