Follow us: Youtube Android App
Somersby Nepal
प्रधानमन्त्रीले रारा तालबाट देशबासीका नाममा सम्वोधन गर्ने
१४ चैत्र २०७४


प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट बैसाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।  प्रधानमन्त्री अ‍ोली कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन बर्ष २०७५ को उद्घाटन गर्न रारा ताल जाने कार्यक्रम रहेकोले सोही स्थानबाट देशबासीलाई सम्बोधन गर्ने भएका हुन् ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को ७औँ महाअधिवेशनको आज राधानीमा उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो जानकारी दिएका हुन् । ‘कर्णाली प्रदेशले आयोजना गरेको पयर्टन बर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु’ प्रधानमन्त्री ओलीले भने- ‘राराबाट यसपाली पर्यटनको बिगुल बजाइनेछ ।’ समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकोले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नु पर्ने मा प्रधानमन्त्रीको जोड छ ।

 

प्रधानमन्त्री ओलीले वर्तमान सरकार अघिल्ला सरकार जस्तो नियमित नीति र गतिमा मात्र सञ्चालन नहुने समेत बताएका छन् । ‘यो सरकार भिन्न नीति र गतिमा सञ्चालन हुन्छ’ प्रधानमन्त्री ओलीले भने– ‘यो सरकारले नेपाल बनाउँछ । केही बर्षमा मानिसहरुले नेपाललाई सिंगापुर र स्विटजरलेण्ड जस्तो भन्नेछन्...

Source