Follow us: Youtube Android App
Somersby Nepal
चीन र भारतलाई उछिन्दै नेपाली कफी विश्वबजार मै अब्बल
२१ चैत्र २०७४


काठमाडौं । नेपाली बगानमा उत्पादित कफीले अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जा पाएको छ । आजको नागरिक दैनिकमा खबर छ l

 

लेकाली कफी स्टेट नुवाकोटमा फलेको कफी अन्तर्राष्ट्रिय प्रतिश्पर्धामा अब्बल स्थापित भएको हो ।

 

दुई छिमेकी मुलुक चीन र भारतलाई उछिन्दै सन् २०१८ मा नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा ९० स्कोर (अंक) पाएको हो । अमेरिकामा रहेको कफी अन्सल्टिङ कम्पनीले विभिन्न मापदण्ड बनाएर कफी परीक्षण गरेको थियो ।

 

नेपाली कफी विगत पाँच वर्षअघि परीक्षणमा पठाइँदै आएको छ । प्रतिश्पर्धामा ९० अंक पाएको यो पहिलो पटक हो ।

 

गुणस्तर मापन गर्दा लेकाली बगानमा फलेको कफीले ९० अंक पाएर उच्च गुणस्तरको कफीका रुपमा स्थापित भएको चिया तथा कफी विकास वोर्डले जनाएको छ ।

Source