Follow us: Youtube Android App
Somersby Nepal
नार्कले नेपालमै हाइब्रिड धानको बीउ उत्पादन गर्ने
२४ चैत्र २०७४


काठमाडौं चैत  नेपाल कृषि अनुसन्धान परिषद् नार्कले नेपालमा पहिलोपटक नेपाली हाइब्रिड धानको बीउ उत्पादन गर्ने भएको छ ।

राष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम अन्तरर्गत हर्दिनाथ १ र हर्दिनाथ १० नामक हाइब्रिड धानको बीउ उत्पादन गर्न लागेको नार्कका सञ्चार प्रकाशन तथा अभिलेख महाशाखा प्रमुख हरीकृष्ण उपे्रतीले जानकारी दिनुभयो ।

 

नार्कले तराइका विभिन्न ठाउँमा ४ वर्ष गरेको परीक्षणमा सामान्य धानभन्दा २० प्रतिशत बढी फलेको उप्रतीले जानकारी दिनुभयो । किसान आफैँले धानको बीउ उत्पादन गर्न नसक्ने र यसका लागि कृषि प्राविधिक चाहिने भएकाले केही  झण्झटिलो हुने उहाँको भनाई छ । यो जातको धान समुद्र सतहबाट ७ सय मिटर भन्दा तल खेती गर्न सकिनेछ । नेपाली हाइब्रिड धानको बीउ उत्पादन भएपछि किसानले अहिले लगाइरहेको भारतीय र चिनियाँ हाइब्रिड बीउ विस्थापन गर्न सक्ने उप्रेतीले जानकारी दिनुभयो ...

Source