Follow us: Youtube Android App
Somersby Nepal
पाँच वर्षमा १६७ गुणा बढ्यो बाली तथा पशुपक्षी बीमा, ९ अर्बको सुरक्षण
२६ चैत्र २०७४


 पाँच वर्षमा बाली तथा पशुपक्षी बीमा गर्ने क्रममा एक सय ६७ गुणाले वृद्धि भएको छ । आर्थिक वर्ष २०६९/७० मा पहिलोपटक औपचारिक रुपमा बाली तथा पशुपक्षीको बीमा सुरु हुँदा पाँच करोड ४८ लाख रुपैयाँको बीमा भएकोमा आव २०७३/७४ अन्त्यमा नौं अर्ब २० करोड रुपैयाँको बीमा भएको छ ।

‘बीमामा अत्यधिक आकर्षण बढेको छ । तर सरकारबाट अनुदान समयमा नआउने परिपाटीले भावी दिनमा दाबी भुक्तानीमा ढिलाई हुन सक्ने समस्या देखिन्छ,’ बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले भने ।

 

सरकारले भने हरेक वर्ष समाप्तिपछि अघिल्लो आर्थिक वर्षको अनुदान रकम भुक्तानी दिने गरेको छ । सरकारले किसानले तिर्ने बीमा शुल्कमा ७५ प्रतिशतसम्म अनुदान दिने गरेको छ । २०७३/७४ मा ४२ करोड रुपैयाँ बीमा शुल्क भएकोमा सरकारले ३१ करोड रुपैयाँ अनुदान दिएको थियो । पहिलो वर्ष यस्तो अनुदानको रुपमा सरकारले ५० प्रतिशत मात्र बीमा शुल्क व्यहोर्दै आएको थियो । हालसम्म सरकारले अनुदानको रुपमा ६६ करोड ३८ लाख रुपैयाँ खर्च गरेको छ ।..

Source