Follow us: Youtube Android App
Somersby Nepal
'रातारात निर्मित चार करोडको हल भत्काइने'
१३ बैशाख २०७५


लुम्बिनी विकासको गुरूयोजना विपरीत चार करोड रूपैयाँ खर्च गरेर रातारात बनाइएको सभाहल उ थान्त अडिटोरियम हलको निर्माण प्रक्रिया शुरू भएसँगै भत्काइने अधिकारीहरूले बताएका छन्।

अहिले अस्थायी रूपमा जुन स्थानमा सभाहल बनाइएको छ त्यो गुरूयोजनाले उ थान्त हल निर्माणका लागि छुट्ट्याएको स्थान हो।

 

विकास कोषका एकजना अधिकारीका अनुसार उ थान्त हल निर्माणका लागि सहयोग जुटाउने प्रकिया शुरू भएको छ।

 

त्यो हलका लागि रकमको जोहो हुने बित्तिकै अहिलेको अस्थायी हल भत्काइनेछ।


सम्मेलन

आउँदो हप्ता लुम्बिनीमा हुन गइरहेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र बुद्ध जयन्तीका लागि भन्दै त्यहाँ बनाइएको सभाहल सम्भवतः सरकारी निकायबीच समन्वय नहुँदाको एउटा नतिजा भएको लुम्बिनी विकास कोषका एकजना अधिकारी बताउँछन्।

 

हुन पनि सो अस्थायी सभाहलका लागि चार करोड रूपैयाँ यस्तो समयमा खर्च गरीएको छ ठिक यही समयमै अस्थायी हल नजिकै अर्को स्थायी सभाहल बनाउने भनि करिब २७ करोड रूपैयाँमा ठेकेदारलाई ठेक्का दिइएको छ...

Source