Follow us: Youtube Android App
Somersby Nepal
कृषि क्षेत्रको विकासबाटमात्रै समृद्धि सम्भव : प्रधानमन्त्री
२१ बैशाख २०७५


 चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कृषि क्षेत्रको विकासबाटमात्रै देशको समृद्धि सम्भव हुने बताएका छन् ।

चिवतनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले कृषिको आधुनिकीकरण र व्यवसायीकरण गरेर देशलाई समृद्ध बनाउन सकिने बताए ।

 

कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जागिर खानका लागिमात्रै कृषि पढ्नेभन्दा पनि कृषि क्षेत्रको विकास गर्नसक्ने जनशक्ति तयार पार्नुपर्नेमा जोड दिए ।

 

उनले विश्वविद्यालयका आंगिक क्याम्पसका पूर्णकालीन शिक्षकहरुले अन्य कुनैपनि निजी क्याम्पसहरुमा पढाउन नपाउने पनि बताए । सो अवसरमा ३१२ जना विद्यार्थीलाई दीक्षित गरिएको थियो ।

Source