Follow us: Youtube Android App
Somersby Nepal
चितवनको केराबारीमा प्रकृतिको रौद्र रूप !
२४ बैशाख २०७५


२४, वैशाख, चितवन । जब चैत वैशाखको हावाहुरी चल्न थाल्छ यहाँका केरा किसान आँखा छोप्ने गर्छन् । बर्षभरी दुःख गरेर लगाएको केराखेती निमेषभरमा नै नष्ट गरेको दृश्य पटक पटक देखेका छन् उनीहरुले ।

तर, आइतबार साँझ आएको हावाहुरीसहितको असिनाले गराएको क्षति र प्रकृतिको रौद्र रुप भने उनीहरुको कल्पनाबाहिरकै थियो ।

 

केहीघण्टा अघिसम्म लहलह देखिएको केराबारी एकैछिनमा सोत्तर भएर ढल्यो । चितवनका अगु्वा किसान यज्ञप्रसाद सुवेदीले ३० विघामा लगाएको केराखती असिनापानीले नष्ट गरेको छ । भरतपुर ठिमुरा, पदमपुर र रत्ननगरमा उनले केराखेती गरेका थिए ।

 

‘क्षतविक्षत हुने गरी केरा ढलेका छन् । कहिँ कतैं आशा जीवित छैन’ सुवेदीले भने । केरा उत्पादक संघका निवर्तमान अध्यक्षसमेत रहेका सुवेदीले करिब २० करोड रुपैयाँको क्षति भएको अनुमान गरेका छन् । आफ्नो केराखेतीको ८० प्रतिशत नष्ट भएको उनले बताए ।..

Source