Follow us: Youtube Android App
Somersby Nepal
गाईपालनबाट एक लाख आम्दानी
२८ बैशाख २०७५


बाजुरा ।  बडीमालिका–९ का ४० वर्षीय टेक बडुवाल द्वन्द्वकालीन समयमा होस् वा अन्य समयमा, राजनीतिमा निकै सक्रिय रहनुभयो । राजनीति गर्न आर्थिक अभाव हुन थालेपछि पछिल्लो समयमा बडुवालले गाउँमै गाईपालन व्यवसाय गर्न थाल्नुभएको छ ।

“आर्थिक समृद्धिका लागि कुनै न कुनै व्यवसाय आवश्यक छ,” उहाँले भन्नुभयो । रोजगारी गर्न व्यवसाय गर्नुभन्दा विदेश जाने प्रवृत्तिको अन्त्य गर्नका लागि गाईपालन व्यवसाय थालेको उहाँको भनाइ छ । बडुवाल गाईपालन व्यवसायबाट चार महिनामा एक लाख २० हजारभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको छ ।

 

“राजनीतिमा लागे पनि व्यवसाय नगरी समाज परिवर्तन सम्भव छैन,” उहाँले भन्नुभयो, “गाईपालनबाट मासिक ३० हजार आम्दानी गरिरहेको छु ।” गाईपालन गर्नकै लागि उहाँले उन्नत जातका दुईवटा गाई चितवनबाट खरिद गरेर बाजुरा ल्याएको बताउनुभयो । अहिले उहाँसँग उन्नत जातका दुईवटा जर्सी गाई र दुईवटा बाच्छा रहेका छन् ।...

Source