Follow us: Youtube Android App
Somersby Nepal
असिनापानी काभ्रेमा करोडौँको तरकारी बाली नष्ट
२९ बैशाख २०७५


वैशाख, काभ्रे । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ रयालेमा बिहीबार बेलुका परेको असिनापानीले करोडौँको तरकारी बाली नष्ट गरेको छ ।

तरकारीको मुख्य क्षेत्र मानिने कुशादेवी र रयालेका डाँडाखोला, टापु, पाँचकन्या, रानीकोट, खानीडाँडा, छरुवा, फलामेलगायत ठाउँका किसानले लगाएको आलु, काँक्रो, फर्सी, चिचिण्डा, तीतेकरेला, भेडेखुर्सानी आदि तरकारीको बोट बिहीबार अपराह्न ठूलो मात्रामा परेको असिनापानीले नष्ट पारेपछि किसान चिन्तित बनेका छन् ।

 

टापुका किसान गोमा सापकोटाले बारीमा लगाइएको तरकारी असिनापानीले नष्ट गरेपछि आफ्नो वर्ष दिनको कमाइ खेर गएको बताए । ‘अर्काको बारीमा भाडा तिरेर लगाएको तरकारी खेती पनि सबै नष्ट पारिदियो, अब कसरी छोराछोरीको पढाइ खर्च र घर खर्च चलाउने हो ?’, दुखेसो पोख्दै सापकोटाले भने ।...

Source