Follow us: Youtube Android App
Somersby Nepal
हावाहुरीले महोत्तरीका फलफूल तथा तरकारी बालीमा क्षति
३१ बैशाख २०७५


 महोत्तरी । पानीसँगै आएको हावाहुरीले महोत्तरीका फलफूल तथा तरकारी बालीमा क्षति पुर्याएको छ । सोमबार बिहान आएको हावाहुरीले किसानको चिचिला लागेको आँप र तरकारी खेतीमा क्षति पुर्याएको हो ।

जिल्ला कृषि बिकास कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार, हावाहुरीले किसानको लाखौं मुल्य बराबरको आँप र तरकारी बालीमा क्षति पुगेको छ । हावाहुरीले ३ दर्जनभन्दा बढी घरहरुमा क्षति पुर्याएको छ भने विद्युत्त सेवा अबरुद्ध हुँदा जनजीवन प्रभावित बन्न पुगेको छ ।

 

गत बुधबार मात्रै महोत्तरीमा हावाहुरीले १ जनाको ज्यान गएको थियो भने फलफूल तथा तरकारी बालीमा नोक्सानी पारेको थियो ।..

Source