Follow us: Youtube Android App
फाइनल प्रवेशका लागि नाइट राइडर्ससँग भिड्दै जमैका
२३ भदौ २०७७

एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) को फाइनल प्रवेशका लागि त्रिनबागो नाइट राइडर्सको सामना गर्दै छ ।


दुईपटकको विजेता जमैकाले सेमिफाइनल नाइट राइडर्ससँगको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार राति ७:४५ बजे सुरु हुनेछ । लिगमा चौथो स्थानमा रहँदै सेमिफाइनल पुगेको जमैका फाइनल पुग्‍ने लक्ष्यका साथ मैदान उत्रिनेछ । तर, लिग चरणको प्रदर्शन हेर्ने हो भने जमैकालाई फाइनल प्रवेशका लागि त्यति सजिलो भने छैन । लिग चरणका १० खेल खेलेको जमैकाले मात्र तीन खेलमा जित निकाल्दा ६ खेलमा पराजित र एक खेल रद्द भएको थियो ...

समाचार स्रोत :