Follow us: Youtube Android App
पोर्चुगलका लागि रोनाल्डोको १०० गोल
२४ भदौ २०७७

लन्डन — पोर्चुगलका क्रिस्टियानो रोनाल्डो आफ्नो देशका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् । उनको दुई गोलमा पोर्चुगलले मंगलबार स्विडेनलाई नेसन्स कपमा २–० ले हरायो ।


युभेन्ट्सका फरवार्ड ८१ मिनेट मैदानमा रहे र ४५औं मिनेटमा सयौं गोल पूरा गरे । त्यसपछि उनले ७२ औं मिनेटमा दोस्रो गोल थपे । अब उनी इरानका अली दाइको नाममा रहेको कीर्तिमानबाट ८ गोल मात्र टाढा छन् । दाइले सन् १९९३–२००६ बीच १ सय ९ गोल गरेका थिए । रोनाल्डोको पछाडि भारतका सुनिल क्षेत्रीको ७२ र अर्जेन्टिनाका लियोनल मेसीको ७० गोल रहेको छ ...

समाचार स्रोत :