Follow us: Youtube Android App
पीएसजी पहिलो खेलमा लेन्ससँग पराजित
२६ भदौ २०७७

पेरिस — पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानको आफ्नो पहिलो खेलमा बिहीबार लेन्ससँग स्तब्धपूर्ण हार बेहोरेको छ । यसै सिजन मात्र बढुवा भएर आएको लेन्स १–० ले विजयी रह्यो । त्यसमा गनागोले ५७औं मिनेटमा निर्णायक गोल गरे ।

स्टार खेलाडी केलियन एमबापेसहित सात खेलाडी कोरोना भाइरसबाट संक्रमित भएको हुँदा यो खेल हुने नहुनेमा शंका थियो । लेन्सले यो खेल स्टाडे बोलार्ट डेफेलिस रंगशालामा आफ्ना पाँच हजार समर्थक अगाडि खेलेको थियो । पीएसजीले अब आइतबार मार्सेविरुद्ध खेल्नेछ, त्यसमा आफ्ना प्रमुख खेलाडी टिममा फर्काउने प्रयास गर्नेछ ...

समाचार स्रोत :