Follow us: Youtube Android App
ओसाकाले दोस्रो पटक जितिन् युएस ओपन उपाधि
२८ भदौ २०७७

काठमाडौं । जापानी खेलाडी नाओमी ओसाकाले दोस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि जितेकी छन् ।


न्यूयोर्कमा भएको महिलातर्फको फाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कालाई २-१ सेटमा पराजित गर्दै ओसाकाले दोस्रो पटक उपाधि जितेकी हुन् । पहिलो सेट ६-१ ले गुमाएपनि ओसाकाले त्यसपछि पुनरागमन गर्दै लगातार दुई सेट जितिन् । उनले ६-३ , ६-३ ले बाँकी सेट आफ्नो पक्षमा पार्दै ट्रफी उचालेकी हुन् । सन् २०१३ पछि पहिलो पटक ग्राण्ड्सलामा फाइनल पुगेकी अजारेन्काले उपविजेतामै चित्त बुझाइन् ...

समाचार स्रोत :