Follow us: Youtube Android App
नेयमारलाई दुई खेलको प्रतिबन्ध, रंगभेदबारे अनुसन्धान गरिने
१ असोज २०७७

मार्सेबिरुद्धको खेलमा झगडा गरेबापत रातो कार्ड पाएका पेरिस सेन्ट जर्मेनका स्टार नेयमारलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ ।


साथै, फ्रेन्च फुटबलका अधिकारीहरुले उनले लगाएको रंगभेदी टिप्पणीको आरोपबारे पनि अनुसन्धान गर्ने भएको छ । आइतबार लिग वानको खेलमा देखाइएको पाँचवटा रातो कार्डमध्ये एक नेयमारले पाएका थिए । उनले मार्सेका डिफेन्डर अल्भारो गोन्जालेजलाई हिर्काएका थिए । रातो कार्ड पाएपछि नेयमारले गोन्जालेजमाथि आफूलाई रंगभेदी टिप्पणी गरेको आरोप लगाउँदै अधिकारीहरुलाई भीएआरको प्रयोग गरेर अनुसन्धान गर्न माग गरेका थिए ...

समाचार स्रोत :