Follow us: Youtube Android App
अंशु फाटी बार्सिलोनाको सिनियर टिममा बढुवा, ४०० मिलियन युरो रिलिज क्लज
८ असोज २०७७

काठमाडौं । युवा स्टार अंशु फाटी स्पानिस क्लब बार्सिलोनाको सिनियर टिमबा बढुवा भएका छन् । बार्सिलोना बी टिममा रहेपनि गत सिजन सिनियर टिमका लागि खेल्दै उत्कृष्ट प्रदर्शन गरेका १७ वर्षीय वन्डर किड फाटीलाई क्याटलान क्लबले नयाँ सिजनका लागि सिनियर टिममा बढुवा गरेका हो ।


फाटीले अब २२ नम्बरको जर्सी लगाउनेछन् । पछिल्लो दुई सिजन मिडफिल्डर अर्टुरो भिदालले यही नम्बरको जर्सी लगाएर खेलेका थिए । त्यसअघि एरिक अबिदाल डानी अल्भ्स जस्ता खेलाडीले पनि यही नम्बरको जर्सी लगाएका थिए । बार्सिलोनाले नयाँ सिजन २०२०/२१ का लागि फाटीलाई स्पानिस फुटबल फेडेरेसनमा सिनियर टिमका खेलाडीको रुपमा रजिस्टर गरेको छ ...

समाचार स्रोत :