Follow us: Youtube Android App
स्वारेज एथलेटिको मड्रिडमा अनुबन्धित
९ असोज २०७७

एजेन्सी : बार्सिलोनाका फरवार्ड लुइस स्वारेज ला लिग क्लब एथलेटिको मड्रिडमा अनुबन्धित भएका छन्।  उरुग्वेका फरवार्ड स्वारेजलाई  एथलेटिकको मड्रिडले प्रतिद्वन्द्वी क्लब बार्सिलोनाबाट अनुबन्ध गरेको हो।


बार्सिलोनामा ६ वर्ष खेलेका स्वारेजलाई एथलेटिकोले ६ मिलियन यूरो खर्चिएर मित्र्याएको हो। सम्झौता अनुसार अब स्वारेज एथलेटिकोमा दुई वर्षसम्म रहनेछन्। नागरिकताको समस्याका कारण इटालियन क्लब युभेन्टस जान नसकेका स्वारेज मड्रिडमा अनुबन्ध भएका हुन्। स्वारेज २०१४ मा लिभरपुलबाट  बार्सिलोना गएका थिए। बार्सिलोनाका लागि दुई सय ८३ खेलमा उनले १९८ गोल गरेका थिए ...

समाचार स्रोत :