Follow us: Youtube Android App
इन्टर मिलानको विजयी सुरुआत
११ असोज २०७७

एजेन्सी । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले विजयी सुआवात गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा फिओरेन्टिनोलाई ४–३ ले पराजित गर्दै लिगमा विजयी सुरुआत गरेको हो ।


खेलमा सुरुआती अग्रता भने पाहुना टोली फिओरेन्टिनोले लिएको थियो । खेलको तेस्रो मिनेटमा नै क्रिस्टियन कोउआमेले गोल गर्दै अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा लाउटारो मार्टिनेजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । ५२ औं मिनेटमा फिओरेन्टिनोका फेडेरिको केचेरिनीले आत्मघाती गोल गर्दै खेल मिलानलाई २–१ को अग्रता दिलाए ...

समाचार स्रोत :