२०७४ कात्तिकमा मलेसियाको क्वालालम्पुरमा भएको एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता नेपाली क्रिकेटको इतिहासमा स्मरणीय छ।
यही प्रतियोगितामा पहिलोपल्ट नेपालले विश्व क्रिकेटको पावरहाउस भारतमाथि १९ रनको जित हात पारेको थियो। अहिलेसम्म भारतका कुनैपनि टोलीमाथि नेपालले जित हात पारेको यही एक खेल हो।
ncell
भारतीय टोलीको प्रशिक्षक थिए– चर्चित खेलाडी राहुल द्रविड। द्रविडको टोलीविरुद्ध विनोद दासबाट प्रशिक्षित नेपाली खेलाडीहरुले गरेको बहादुरीपूर्ण प्रदर्शनलाई अझैपनि थुप्रै क्रिकेटप्रेमीले भुल्न सकेका छैनन् ...